सुलसुलेसाहित्यकार विद्रोहीलाई मातृशोक
राजविराज, २८ फागुन ०७२ । साहित्यकार राजेश विद्रोहीकी आमा पंसेरा गाविस–९ की ७२ वर्षीया कमलीदेवी रामको बिहीबार साँझ निधन भएको छ । विगत २५ वर्षदेखि विरामी राम अन्तिम समयमा दुबै फोक्सोमा प्वाल, पित्त थैलीमा पत्थर, निमोनिया, लिभर किडनीमा समस्या, पेटमा पानी जमेको लगायत रोगबाट ग्रसित बनेकी थिइन् । मृतकका श्रीमान, दुई छोरा, तीन छोरी छन् ।
मृतकको शुक्रबार पंसेरा ९ स्थित चापिन खोलामा दाहसंस्कार गरिएको छ । दाह संस्कारमा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल र सचिव नन्दलाल आचार्य उपस्थित भएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
परिषद्को कार्यकारिणी समितिका सदस्य विद्रोहीकी ममतामयी आमाको निधनप्रति परिषद्ले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । अध्यक्ष पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा दिवंगतप्रति चीर शान्तिको कामना गर्दै श्रद्धा सुमन अर्पण गरिएको छ । यस दुःखद घडीमा सम्पूर्ण परिवारजनप्रति धैर्यधारणको कामना गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































