साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टोपाल्टो

Nepal Telecom ad

छोरा नास्तिक भएको छ मन्दिरको पुजारीको
घरमा चोर पस्यो भन्छन् ताला बेच्ने बेपारीको ।

मास्टर साहेब डेरा खोज्दै हिंडेका छन् गल्ली गल्ली
भव्य महल भाडामा छ सडकको त्यो भिखारीको ।

मान्छे पशु भएपछि पशु मान्छे भएका छन्
बाँदर बस्न थालेका छन् नाच हेर्दै मदारीको ।

बाघले घाँस खानु पर्ने शिकार गर्न नपाइने
नयाँ करार भएको छ शिकार अनि शिकारीको ।

माग रैछ बजारमा शरीरका पूर्जाहरू
पूर्जाहरू बेचिदिए बिमारीले बिमारीको ।

जति पाप गर्यो उति फलिफाप हुन्छ भन्दै
‘करूण’ले फूल कुल्चिरह्यो एक एक गर्दै फूलबारीको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x