लेख निरौलाबिहे होला र !
उडेका हजारौँ चरा आसमान
गुडेका पुरानै सबारी बथान
त्यसै उड्छ या गुड्छ आफ्नो विचार
समालिन्न कैलै जवानी मुहार ।।
चराका सिकारी लुकी ताक्न खोज्छन्
निमोठेर मुन्टा भुटी चाख्न खोज्छन्
जबानी छ मेरो परी ताक्न खोज्छु
बिहे हुन्छ पक्कै भनेरै म रोज्छु ।।
पुराना सबारी गुडेका गुडै छन्
नयाँ चल्न खोज्दा फुटेका फुटै छन्
कतै फुट्छ झैँ प्रेम नौलो निसाना
पुरानै सबारी चलाऊँ कि साना ।।
उडेका चरा झैँ उडेकै छ आशा
गुडेका सबारी सधैँको निराशा
लुकाएर ढुङ्गा जसै हात छोड्छु
चरा झट्ट भाग्छन् सबारी म तोड्छु ।।
कतै हाल मेरो पुरानै सबारी
सधैँ टिक्न सक्ने धुवाँकै भकारी
नयाँ रूपमा टिक्न गाह्रो म ठान्छु
जबानी छ पक्कै बिहे खान्छु खान्छु ! ।।
कहाँ चन्द्रमाको चराको चटारो
दगुर्दा दगुर्दै कहाँको झटारो
उडाएँ खुला भावना मात्र क्यार
बिहे बल्ल बुझ्ने भएँ छैन प्यार ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































