साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– ९

Nepal Telecom ad

१. नाता

लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो ।
चित्त कित्ताकाट नगर दम्पती हो–
त्यसपछिको नाता टाउका माथिको लोहोरो हो ।

२.प्रेमको बैङ्क

रूपैयाँको मात्र होइन प्रेमको पनि बैङ्क हुन्छ
फोटोको के कुरा ? हृदयको पनि फ्रेम हुन्छ ।
यी सबै तन र मन झरिला हुँदाका कुरा हुन्–
आँत मरेपछि र दाँत झरेपछि सबै खङ«ङ्ग हुन्छ ।

३. जिन्दगीः एक शब्दचित्र

आकार कटाइमा परेको
जिन्दगी बाँसको चोया हो ।
बाटेर खिरिलो भएको
जिन्दगी डोरीको पोया हो ।
तर असफलता हात लागेपछि
जिन्दगी छोडाएको मकैको खोया हो ।

४. आशा

भीडतन्त्र प्रजातन्त्रलाई आहत भो
प्रजातन्त्र जनताको चाहत हो ।
बजार महङ्गीको मुरली बजाउँदै छ–
फगत आन्दोलन नै अहिलेलाई राहत भो ।

५. सन्तान

प्रीतिभोजमा आएका पाहुना झैँ हुन् सन्तान
मीठो भए प्रशंसा, नमीठोमा दन्तबझान ।
पखेँटा लागेपछि गुँडमा नफर्कने चराका बच्चा झैँ
बाउआमा कल्पिन्छन्– ‘दुई सन्तान ईश्वरका बरदान ।’

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x