साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी साँढे

Nepal Telecom ad

के एक दनक दुई दनक
चार दनकले पनि यसलाई छुँदैन
सरकारी साँढे न पर्यो
जहाँ उजुरी गरे पनि केही हुँदै हुँदैन
रिसायो भने सनक्क सन्किन्छ
दक्षिणतिर धपायो भने
उत्तरतिर फन्किन्छ
हरियो घाँस त देख्नै हुँदैन
घाँस खाने बेला त यसलाई छेक्नै हुँदैन
छेक्न खोज्नेलाई ठोक्न बेर लाउँदैन
उस्तै परे सिङले बोक्न बेर लाउँदैन
आखिर सरकारी साँढे न पर्यो 
जनताले भनेको के मान्छ
नमाने पनि साँढेको के जान्छ ?

गाउँ घरमा कोरली देख्यो कि
स्याल जस्तै यो पल्कन सक्छ
उस्तै परे यो
गाईमा पनि सल्कन सक्छ
बिचरा निर्बल गोरु के गरून्
यो सरकारी साँढेलाई कसले छुने
झाँक्री पनि उही धामी पनि उही
फेरि उजुरी गरे पनि के पो हुने
बेला बेला मालिकलाई
दुई चार दाम पनि चढाउँछ
चढाउने भन्दा धेरै दाम
आफ्नै भुँडीमा लडाउँछ ।

राजाले छोडेको साँढे होस् कि
पाँडेले छोडेको साँढे होस्
आखिर साँढे न हो
दानको पनि खाको छ
अनुदानको पनि खाको छ
न पल्याए हेर्नुस् न
सरकारले डामेको दुई चार वर्षमै
कस्तो चिल्लो चापिल्लो भाको छ ?

भेट्न जानेलाई
यसो नमस्कार पनि फर्काउँदैन
धम्मरधुस बसेको छ कुर्सीमा
यसो कम्मर पनि मर्काउँदैन
भोलेनाथलाई भन्दा ठुलो आफूलाई ठान्छ
भुस, जुस, घुस जे दिनुस् कप्लक्क खान्छ
खायो भने त साँढेले तपाईंको हलो पनि तान्छ
भुँडी फुलाको छ गाला उक्साको छ
तर कले भन्न सक्ने, साँढेले घुस खाको छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x