साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आक्रान्त भो देश पिलाहरूले

Nepal Telecom ad

आक्रान्त भो देश पिलाहरूले
घोचे सधैँ तीक्ष्ण किलाहरूले ।

चासो कुनै छैन सिवा भुँडीको
नेता भुलाए कचिलाहरूले ।

बढ्दै गए रोज कुकर्म मात्रै
गाह्रो छ बाँच्नै महिलाहरूले ।

दुखी रुँदै गर्छ सधैँ पुकारा
सुन्थे कहाँ धुर्त शिलाहरूले ।

खाली भयो कोष रहेन केही
पारे भुसुक्कै कमिलाहरूले ।

रित्तै गए दर्शन हुन्छ नास्ति
घेरिन्छ द्यौता रसिलाहरूले ।

कसले यहाँ गन्छ बुढा पुराना
राज्यै चलाए रँगिलाहरूले ।

आफन्तले मात्र भरिन्छ ठाउँ
के आश गर्ने गतिलाहरूले ।

जो चाकडी गर्छ उही छ राम्रो
पाए प्रतिष्ठा सजिलाहरूले ।

भोजै भनी हुन्छ बजेट स्वाहा
खाए डकारे कबिलाहरूले ।

भोको छ कोही नबलेर चुल्हो
कोही छ टन्नै कुरिलाहरूले ।

वास्ता कतै छैन गुणी कुराको
छोपिन्छ नाली रुदिलाहरूले ।

चिन्दैन राम्रो अथवा नराम्रो
बालिन्छ आगो दुधिलाहरूले ।

नेतृत्व कर्ता हुनुपर्छ पाको
के धान्न सक्थे कलिलाहरूले ।

लाग्ला उँभो देश कसो गरेर ?
ठप्पै छ सुस्ती र ढिलाहरूले ।

याँ बोलवाला छ कृतघ्नको नै
बाटो विराए गुनिलाहरूले ।

छोपेर छोपिन्न सदैब पीडा
बोले खुदै यी टुटिलाहरूले ।

पुरानो नैकाप, काठमाडौँ,
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x