साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग

Nepal Telecom ad

तिमी रोगी
म रोगी र
हामी सबै रोगी

चिकित्सक रोगी
अभियन्ता रोगी र
वकिल–न्यायाधीश रोगी

शिक्षक–प्राध्यापक रोगी
बुद्धिजीवी रोगी र
समाजसेवी रोगी

राजनीतिज्ञ रोगी
कार्यकर्ता रोगी र
मतदाता–जनता रोगी

विचार रोगी
विषय रोगी र
विचारविमर्श रोगी

आऔँ हामी सबै रोगीहरू मिलौँ
र रोगी देशको उपचार गरौँ

के यो सम्भव छ
रोगीबाटै रोगको निदान र
रोगोपचार ?

के यो असम्भव पनि छ र
अश्विनीकुमार, धन्वन्तरि र
चरकहरूको पुनर्जन्म ?

तिमी रोगी
म रोगी र
हामी सबै रोगी

सञ्जीवनी बुटी चिन्न अशक्त
वातरोगी
पित्त रोगी र
कफ रोगी ।

२०७२/१२/०८
२१ मार्च, २०१६
अन्तर्राष्ट्रिय कविता दिवस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x