साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सागको माग

Nepal Telecom ad

ल आउनुस् हजुर
अरु भन्दा सस्तो सस्तो
यही साग पाइन्छ
भन्नुस् यो सागभन्दा सस्तो
अरु के पो पाइन्छ ?

गाउँमा होस कि शहरमा
यही सागकै माग छ
भन्नुस् त हजुर
यो भन्दा सस्तो कुन लाग्छ ?
युरिया हाल्यो भने
रातारात हलक्क माथि आउँछ
दुई दिनमै धानको जस्तो गाँज लाउँछ
पर्रर भुट्यो भने हर्रर बासना पनि आउँछ
तीस रुपैयामा अचेल, सागभन्दा अरु के पाउछ ?

भर्खर टिपी ल्याको छ
मनोहराको पवित्र जलले
छलछली ध्वाको छ
सुँघ्ग्नुस् त कति कडा राग छ
त्यसैले होला मेरो सागको
अरुको भन्दा धेरै माग छ ।

हेर्नुस् न
कति कलकलाउँदो छ हलहलाउँदो छ
आज काट्यो भने झन पलाउँदो छ
यो साग खाएपछि त केटाकेटीहरू पनि
यही साग झैं हलक्क बढ्छन्
उमेरै नपुगि जवानीमा चढ्छन्
चालिसा नालाग्दै दारी जुँगा सब पाक्छन्
अधबैशमा कपाल पाकेर असी बर्से लाग्छन् ।

आउनुस् हजुर आउनुस्
साँझ पनि यही साग
बिहान पनि यही साग छ
एक पटक ट्राइ गरेर त हेर्नुस्
मेरो साग कस्तो लाग्छ ?
भातसँग सधै टन्न लाउनुहोस्
कति लखर लखर हिँडिरहने जिन्दगी
बरु साग खाएर फास्ट ट्रयाकबाट जानुहोस् ।

अर्र्गािनक बनाउन गोबर हाल्ने हो
गोबरका लागि कस्ले गाई बस्तु पाल्ने हो
मान्छेकै गोबर भए पनि हाल्नु हुन्थ्यो
सरकारले खुल्ला दिसामुक्त क्षेत्र भनेपछि
त्यो पनि अब कसरी बारीमा फाल्ने हो ?
धानमा जस्तै तरकारीमा पनि
युरिया मल नै डाल्ने हो
छिटो बढ्ने टन्न पनि फल्ने
अरु जे भए पनि के चासो
आफूले त खल्तीमा टन्न गाँठ हाल्ने हो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x