साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी साटूँ !

Nepal Telecom ad

नखाए हुन्थ्यो नै प्रतिदिन यहाँ त्यो रस सुरा
नलाए हुन्थ्यो नै श्रवणपुटमा कुण्डल पुरा
नबोके हुन्थ्यो नै बगलभरि आफैँ त्यति छुरा
म के बोलूँ स्वामी फगत यसरी खै कति कुरा ! ।।

बढेको चुल्ठाले जघन सब ढाक्दै छ जसको
गढेको आँखाको गहन महिमा बुझ्नु कसको !
कतै पैसा सारा सुख सयल मात्रै मन सधैँ
लुटाई पुर्खाको पति कति यहाँ जीवन अझै ।।

सजाएको छाती कमर रसना ट्याटु किन हो
खुला छाती भन्दै अदबसित सिक्री पनि अहो !
ठुलै गाडी चढ्दा रहर कहिले पूर्ण बनिने
नसोधेकै राम्रो इलम किन साँचो नकहिने ।।

डढेको फोक्सोमा अझ पनि धुवाँ अड्छ कसरी
सधैँ कालो जम्दा तन वदन नै सड्छ जसरी
बिहानैको ढर्रा न त इलम केही छ गतिलो
हरे ! स्वामी कस्तो नव समय भन्दै सुरसिलो ! ।।

कहाँ एक्लो जस्तो अझ पनि उही चाल घरमा
म पत्नी साथीको न त समयमै ख्याल घरमा
सुरा मुन्द्रा चुल्ठो दिनभर धुवाँ फुस्स जसको
उही हत्याहिंसा वरपर कतै हात कसको ! ।।

कहाँ कस्ता साथी वरिपरि तिनै साथ मदिरा
बलेको बत्तीमा भुनुनुनु गरी डढ्छ कि किरा
फसेँ जस्तो लाग्यो खसम मनको प्रेम नगरी
न अर्को साटूँ खै ! पति नियमले हे ! प्रभु हरि ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x