सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समाजको ऐना

Nepal Telecom ad

“राजनीति समाजको ऐना हो ।” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो मा टाउको हल्लायो ।

“साहित्य समाजको ऐना हो ।” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो ।

“धर्म र संस्कृति समाजको ऐना हो ।” – अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण ग¥यो ।

“चलचित्र र फेसन समाजको ऐना हो ।” – रसिला र भरिला युवायुवतीहरूको कुरा सुनेर खेत खनिरहेको रामअवतारलाई आफ्नो ‘त्यो’ उमेरको मीठो सम्झना आयो ।

“शिक्षा समाजको ऐना हो … ।” – रामअवतारले भारी कस्दै दर्जनौँका आ–आफ्ना डम्फूहरू सुनिरहृयो ।

दिनभर कामले लखतरान परेको ऊ र आन्द्रा चिथोरिरहेको उसको अभिन्न मित्र भोकलाई गह्रौँ भारीले बिर्साई दिएको थियो ।

बाटोमा आफूजस्तै कमैया रामजवाहरको घरमा पसेर जौँको जाँड खाँदै उसले गफ हाँक्न थाल्यो– “लौ हेर मेरा हातका ठेला र नीलाडामहरू … मेरो यो हात नै हाम्रो समाजको सक्कली ऐना हो ।”

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर