साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाजको ऐना

Nepal Telecom ad

“राजनीति समाजको ऐना हो ।” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो मा टाउको हल्लायो ।

“साहित्य समाजको ऐना हो ।” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो ।

“धर्म र संस्कृति समाजको ऐना हो ।” – अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण ग¥यो ।

“चलचित्र र फेसन समाजको ऐना हो ।” – रसिला र भरिला युवायुवतीहरूको कुरा सुनेर खेत खनिरहेको रामअवतारलाई आफ्नो ‘त्यो’ उमेरको मीठो सम्झना आयो ।

“शिक्षा समाजको ऐना हो … ।” – रामअवतारले भारी कस्दै दर्जनौँका आ–आफ्ना डम्फूहरू सुनिरहृयो ।

दिनभर कामले लखतरान परेको ऊ र आन्द्रा चिथोरिरहेको उसको अभिन्न मित्र भोकलाई गह्रौँ भारीले बिर्साई दिएको थियो ।

बाटोमा आफूजस्तै कमैया रामजवाहरको घरमा पसेर जौँको जाँड खाँदै उसले गफ हाँक्न थाल्यो– “लौ हेर मेरा हातका ठेला र नीलाडामहरू … मेरो यो हात नै हाम्रो समाजको सक्कली ऐना हो ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x