वासुदेव पाण्डेयतिमी हान्न खोज्छौ…
कुरा धारिला छन् अचानो छ छाती
त्यसै बोल्नुभन्दा नबोले नि जाती ।
कहाँ देशले काँचुली फेर्न सक्ला ?
सबै भ्रष्ट,स्वार्थी भए राष्ट्रघाती ।
सबै चीज टाढिन्छ मौका गुमाए
कहाँ सूर्य भेटिन्छ खोजेर राती ?
गए फर्किदैनन् जवानी र पानी
कहाँ रोक्न सक्ला र मान्छे समाती ?
भए आज सानो ठुलो हुन्छ भोलि
नबस्नू सबै काम राखेर थाती ।
सबै चीजको हुन्छ उत्कर्ष बेला
तिमी हान्न खोज्छौ कि लोहा नताती ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































