साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट्का गुरु

Nepal Telecom ad

बसका गुरु
खसका गुरु
फेरि आका छन् कसका गुरु
कोटका गुरु
नोटका गुरु
यी फेरि आका छन भोट्का गुरु
भोट्का गुरुलाई
टोल समाजले खै कसरी लिन्छन्
तर भोट्का गुरु भनेपछि
जसले पनि चिन्छन् ।

नखाँदा भोट्का गुरु गाई सरी
खाएपछि यी मुन्ना भाइ सरी
भोट्का बाहेक अरु तान्दै तान्दैनन्
तानेपछि आफूलाई कम्ती ठान्दैनन्
सुरुमा उनलाई कसैले सुँगाइ दिए पुग्यो
बाँकी कसैलाई तिर्न दिदैनन्
जुको जस्तो नफुलेसम्म
अखाडाबाट कसैलाई हिंड्न्ै दिदैनन्
सुट पनि ठोकेका छन्
नोट पनि बोकेका छन्
पाडो दुध खाए झै भोट्का धोकेका छन्
कसैले सुरु गर्देपछि
कति जनाले आएर खाए थाह छैन
दुइचार हजार नतिरेको त कुनै दिन भाछैन ।

हल्का चिनजानका पनि
आउँछन् टन्न भोट्का ठोक्छन्
भोट्का गुरु लरबराए भने घरसम्म बोक्छन् ।
छोरा छोरी के खान्छन त्यो
भोट्का गुरुलाई थाह छैन
महिनौ भइसक्यो होला
घरमा माछा मासु आछैन ।

टुन्न परी भोट्का गुरु
सधैं मध्यराती घरमा आउँछन्
उनी आउँदा
न गृहिणी न छोराछोरिले थाह पाउँछन्
थाह छैन भोट्का गुरु
भोट्कासँग खै कहिलेदेखि अघाउँछन्
घरका लागि भन्दा पनि परका लागि
कहिलेसम्म यसरी धन पैसो बगाउँछन् ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x