तारा पराजुलीसहरको कथा
नछाम्नू
मेरो हृदय
ती न्याना हातहरूले
चिसिन सक्छ सम्पूर्ण स्पर्श ।
नसोध्नू
मेरो भ्रम र अज्ञानता को खलियान
तिमीलाई टिठ लाग्न सक्छ
यति मात्र होइन
बेचैन बनौंला ।
यो घरको छानो
त्यसै चुहिएको होइन ।
हेल्थ टिचरले कक्षामा उदाहरण देखाउने
मानव अस्थिपंजर झैं
किन निख्रियो शरीरबाट मासु ?
किन सर्दैछन्
जीवनको शिविरबाट रहरका वस्तीहरू ?
अचेल किन उड्दैन जीवनको जहाज ?
किन आधा नदी बीच डुब्नै लागेको छ डुंगा ?
यी दोहोरिइरहने प्रश्नहरू हुन् ।
प्रतिउत्तरमा
आजलाई यति भन्छु–
म एउटा यस्तो नाम चलेको सहरमा छु
म बसेको सहरमा
बोत्तलले रित्याएका मान्छेहरू
र मान्छेले रित्याएका बोत्तलहरू बराबर छन् ।
मोरङ
Subscribe
Login
0 Comments
Oldest






































