साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा, तादी र नयाँवर्ष

Nepal Telecom ad

बचपनदेखि
बा र तादीको
भिषण युद्द चल्दै आएको छ
बा
तादीखोला पौडिएरै तर्छन्
तादी अझै गहिरो भइदिन्छे
मानौं
ऊ चाहन्छे
बालाई आफ्नो छातीमा कैद गर्न
तर
बा निर्धक्क पौडिन्छन्
हातखुट्टा फट्याएर
चाल्दै चाल्दै
पन्छाउँदै पानीका छालहरू
बा पुग्छन् तादीको किनारमा
हिजोदेखि आजसम्म
बा’को यो कर्म
जारी छ, जारी छ, जारी छ
न बा थाक्छन्
न तादी बालाई थकाउने प्रयास छाड्छे
बस्
छाड्छन् त छाड्छन्
बाको बचपनले बालाई
बाको वैंसले बालाई
सायद
बाको वृद्दावस्थाले पनि बालाई
त्यस्तै
तादीको किनारले किनारलाई
तादीको ढुङ्गा र बालुवाले तादीलाई
सायद
तादीको अस्तित्वले तादीलाई
तर
कुनै बदलाव छैन
बा र तादीको लगावमा
भलै
सालहरू फेरिउन् बर्सेनि
दिन र रातको संसर्गबाट
फेरि
एउटा नयाँ साल जन्मियोस्
बा सोध्छन्
हरेक वैशाख एक गते
त्यही
चिप्लेटी ढुङ्गोमा बसेर
बा’की प्रथम प्रेमिका
हैन हैन
बा’की अन्तिम प्रेमिका
तादीसँग
हरवर्ष एउटै प्रश्न
प्रिया,
के पायौ गत वर्षमा ??
मौनता मै जवाफ दिन्छे तादी
अफसोच
बा मौनताको भाषा बुझ्दैनन्

थाल्छन् गहिरिन
तादी सुसाउँछे
बा सुसाउँछन् सँगसँगै
दुवै रुन्छन्
अनकन्टार जिन्दगीको अन्धकारमा
एउटा रुवाइ
धित नमरुन्जेल
तादी
हर वर्ष
बदलिरहन्छे आफ्नो स्थान
कहिले
कुनाबाट बग्छे
कहिले
छेऊबाट बग्छे
अहँ छोड्दै छोड्दैनन् बा
तादीलाई पछ्याउन
तादीले किनार फेरेजस्तै
हर वर्ष
बा फेरिरहन्छन्
भित्ताको पात्रो
किनिरहन्छन्
अनिश्चित भविष्य नियाल्न
एउटा नयाँ राशिफल
हरेक नयाँ वर्षमा ।

नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x