साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त मेरा लागि नयाँ वर्ष ?

Nepal Telecom ad

बादल फाटेर
पहाड हाँस्यो रे
सुक्खापन गुन्गुनाउँने हावा नरम बन्यो रे
अँधेरो ठेल्दै कुनामा
अरुका बिहानी माझतिर आइपुग्दा
जीवनको मिठास बाँड्न
हजार रङ्गहरू लिएर बसन्त सबैतिर पुग्दा
म कहाँ त्यो बिहानी किन आएन ?
अरु रमाएका छन् नयाँ वर्षमा
खै त मेरो नयाँ वर्ष
खै त म र म जस्ताका लागि नयाँ वर्ष ?
डालीमाथि बसेर मयुरले गायो रे
ऐसेलु पाक्दै छन् रे
धएँरो पनि राताम्मे र भरेली भएका छन् रे
काफल पाक्यो भनेर चरीले सबैलाई डाक्दैछन्
आँधी हुरीकावीच पनि, फूलहरू फुल्दै छन्
डाली डाली डुलेर, मौरी रसमा भुल्दैछन्
नयाँ नयाँ उमङ्ग बोकी नयाँ वर्ष
आउँछ रे ?!
अरु रमाएका छन् नयाँ वर्षमा
तर, खै त मेरो नयाँ वर्ष
खै त म र म जस्ताका लागि नयाँ वर्ष ?
नियतीको संकीर्ण गल्छेडोको एउटा अँध्यारो
कुवामा खसेको छु म
अग्लो पहाड भेट्न छटपटाइरहेकी छु म
के साँच्चै मैले उज्यालो देख्न पाउँला ?
रात कहिले फाट्ला र उजेलो देखुम्ला
म कहिले मेरो दुई पैतालाले खाम्ने
जमिन सुमरुँला भनेर पर्खी बसिरहेको छु,
अरु रमाएका छन् नयाँ वर्षमा
तर खै त मेरो नयाँ वर्ष
खै त म र म जस्ताका लागि नयाँ वर्ष ?
चमेना गृहका चीसा गिलाशहरूमा
कठ्याङ्ग्री रहेको छ मेरो बालापन
सुदूरमा कता हराउँदै छ मेरो बचपन
सकसको ओराली उकालीमा रोइरहेको छ मेरो चंचलता
काँचका चुराहरूमा बज्दैनन् , मेरो बाल गीतहरू
कहीं कतै खुलस्त भएर हाँस्दैनन् मेरो बाल मनहरू
निस्पट्ट रातले गलेका मेरा हत्केलाहरूमा
बिहानी हुँदा पनि,
नयाँ आशाका रेखाहरू कोरीएनन्
अरु रमाएका छन् नयाँ वर्षमा
तर,
तर खै त मेरो नयाँ वर्ष
खै त म र म जस्ताका लागि नयाँ वर्ष ?

२०७३ बैशाख १ गते
घोराही, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराएको जमीन र आकाश !

हराएको जमीन र आकाश...

रामशरण प्याकुरेल
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x