साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो नयाँ वर्षलाई ?

Nepal Telecom ad

छ धर्ती अँध्यारो पँधेरो छ शून्य
न छायो बिहानी निदाए मनुष्य
नखुल्दै बिहानी जगायो मलाई
चढाऊँ म के यो नयाँ वर्षलाई !

बितायौँ नहाँसी कयौं मास, वर्ष
गुमायौं चिनारी सह्यौँ चोट, दर्द
गयो जिन्दगीको हिसाबै घटाई
चढाऊँ म के यो नयाँ वर्षलाई !

छ बिग्रे सडेका जरा यी धराका
छ भत्की ढलेका पखेरी गराका
म सुन्दै छु आमा रुवाई–कराइ
चढाऊँ म के यो नयाँ वर्षलाई !

कतै आगलागी कतै छन् खडेरी
कतै भाइ मारी लिएका घडेरी
नबोल्दा उसैको भयो लौ भलाइ
चढाऊँ म के यो नयाँ वर्षलाई !

बिरानो छ बस्ती कतै छैन शान्ति
निभेको छ बत्ती गुमेको छ कान्ति !
र्पयो साँझ बस्ती हुने त्राहित्राहि
चढाऊँ म के यो नयाँ वर्षलाई !

मकवानपुर, हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x