साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जस्तै–जस्तै

Nepal Telecom ad

थुप्रै जून र सपनाहरू
जीवनदेखि डराएर
मसानघाटको छेवैछेउ
मृत्युसँग लुकामारी खेल्दै
एक मुट्ठी खरानी
र एक अङ्गालो माटोमा
अटाउन नसक्दा जिन्दगी
आशा र उमङ्गको दीयो सल्काएर
बुद्धत्वको स्वागतमा
प्रेम र ममताको अराजक बन्धन चुडालेर
पीडा र विक्षोवका लयहरू नङ्ग्याएर
मसान कुरिरहेको लाश
मृत्यु गनिरहेको माया
आँसु पिइरहेका आँखा
वरसातले रूझेको रात
सबै–सबै
म जस्तै– जस्तै लाग्छ मलाई ।
डिलमा झोक्रिरहेको बकुला
रानीपोखरी छेउको त्यो बूढो घण्टाघर
रत्नपार्क भित्रको त्यो सौन्दर्यहीन चौतारीहरू
सिंहदरवार भित्रको क्षमताहीन मन्त्रालयहरू
कहिले पनि नभरिने
मेरो खाली – खाली पेट जस्तै
नशाले लठ्ठिएको मेरो आवाज
रहरहीन बाध्यताले गर्भधारण गरेकी
लाचार कुमारी युवती
सहाराहीन बहानाले डोर्याइएका डुंगा
पानी विनाको माछा
म जस्तै–जस्तै लाग्छ मलाई

काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

गजब!

Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x