वासुदेव पाण्डेयमकै खान्छ भालु
खनी खेत बाली सधैँ रोप्छ कालु ।
बसेको छ भोकै मकै खान्छ भालु ।।
युवावर्ग खाडी गई काम गर्छन् ।
जहाँ घाम चर्को सधैकक पोल्छ तालु ।।
बडो स्वाङ पार्ने अनौठो छ मान्छे ।
भनी बस्छ पेडा सधैँ खान्छ आलु ।।
‘मिली काम गर्छौँ’ भन्यौ लड्न थाल्यौ ।
कुरा गर्न मात्रै रहेछौ सिपालु ।।
डराएर भाग्छन् सबै त्रस्त हुन्छन् ।
सुनेको सबै सर्प हुन्नन् विषालु ।।
लुटेको छ मौरी चढेको छ घोडा ।
सबैमाझ आफू बनेको छ ठालु ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































