साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदिरा स्तोत्रं

Nepal Telecom ad

अथ समर्थनकृतं मदिरा स्तोत्रं प्रारभ्यते

शिक्षक मदिरा पुस्तक मदिरा
शिक्षार्थी अनि शिक्षा मदिरा
मदिराकै यो शिक्षालय हो
सबको साझा मदिरालय हो ।

यसको बलले खुल्दछ सत्य
गोप्य रहन्नन् कुनै रहस्य
सबकुछ खुल्ने शौचालय हो
भेद नगर्ने मदिरालय हो ।

पस्छन् मान्छे शिर निहुराई
पोख्छन् पीडा सबै सुनाई
मानौं यो पो देवालय हो
सबको प्यारो मदिरालय हो ।

नचढेसम्मन् भेटी पाती
पर्छन् सारा तारिख थाती
न्याय बिगार्ने न्यायालय हो
पुनरावेदन मदिरालय हो ।

एक अँगालो मार्दछ आई
अर्काे हिँड्दछ लिई बिदाई
यात्राको यो प्रेक्षालय हो
यो दुनियाँ नै मदिरालय हो ।

नगराजस्तै भुँडी बढाई
बसी मेचमा काढी हाई
राष्ट्र बिगार्ने मन्त्रालय हो
सबै सपार्ने मदिरालय हो ।

पत्र बुझाऊ अहिले जाऊ
हाकिम छैनन् भोली आऊ
भन्दै टार्ने कार्यालय हो
कुरा बटार्ने मदिरालय हो ।

छोराछोरी दाजु र भाइ
बाबा आमा पत्नीलाई
बिर्सन सक्ने योग समय हो
विश्रान्तिस्थल मदिरालय हो ।

यसमै सिर्जन यसमै लय छ
यसमै हार छ यसमै जय छ
भीतहरूका निम्ति अभय हो
सबको आश्रय मदिरालय हो ।

इति मदिरा स्तोत्रं अपूर्णम् ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x