साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायालु पोइल गइहाल्यौ

Nepal Telecom ad

ब्रेक अप पाटी दिउँला भन्थे मायालु पोइल गइहाल्यौ,
फोटो फिर्ता दिउँला भन्थे मायालु पोइल गइहाल्यौ ।

कति रात जाग्यौ हामी कति रात कुरा गरेरै काट्यौ ।
अन्तिम कुरा गरौला भन्थे मायालु पोइल गइहाल्यौ ।

मन्दिर मन्दिरमा घन्ट बजायौ प्राथना सँगै कति ग¥यौ,
दक्षिणकाली जाउँला भन्थे मायालु पोइल गइहाल्यौ ।

कति प्रेम गरियो त्यो भन्दा धेरै त झगडा नै गरियो ।
अन्तिम लडाइ लडुला भन्थे मायालु पोइल गइहाल्यौ ।

बर्षौ पुरानो नाता हाम्रो बिर्सन पो काहाँ सकिन्छ र ।
शुभकामना दिउँला भन्थे मायालु पोइल गइहाल्यौ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x