प्रेम ओली ढकलपुरेटाकुन टुकन
१) प्रधान मन्त्री
सोझा जनतालाई
चर्को ब्याजमा
तम्सुक लेखाउने
गाउको मुखिया बा ।
२) मन्त्री
जनताको भकारी चोर्दै
सरकारको ढुकुटी फोर्दैा
आफनो सामा अथाह जोर्दै
कहिले नअघाउने
भुसली किरा ।
३) प्रशासन
मुखिया बाको
चाकडी गर्दै
सोझा थर्काउदै
फटाहलाई तर्साउदै
आफुलाई बर्साउदै
गोबर सडकलन गर्ने
गोब्रे किरा ।
४) योजना प्रमुख
कसरी बाडदा
अरुलाई किलो
आफुलाई धार्नी पार्ने
अरुलाई हड्ड्ी हाली
आफुलाई धार्नी झार्ने
लोभी स्याल ।
५) डाक्टर
कुनै आपतमा
गौशालामा आएका
गाईहरूको
दुध मात्र होइन
रगत पनि चुस्ने किर्नो ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































