साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघले घाँस खानु पर्ने …

Nepal Telecom ad

छोरा नास्तिक भएको छ मन्दिरको पुजारीको ।
घरमा चोर पस्यो भन्छन् ताला बेच्ने बेपारीको ।

मास्टर साहेब डेरा खोज्दै हिंडेका छन् गल्ली गल्ली
भव्य महल भाडामा छ सडकको त्यो भिखारीको ।

मान्छे पशु भएपछि पशु मान्छे भएकाछन्
बाँदर बस्न थालेका छन् नाच हेर्दै मदारीको ।

बाघले घाँस खानु पर्ने शिकार गर्न नपाईने
नयाँ करार भएको छ शिकार अनि शिकारीको ।

माग रैछ बजारमा शरीरका पूर्जाहरू
पूर्जाहरू बेचिदिए बिमारीले बिमारीको ।

जति पाप गर्यो उति फलिफाप हुन्छ भन्दै
‘करूण’ले फूल कुल्चिरह्यो एकएक गर्दै फूलबारीको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x