साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ने.का.काे भारत कुटनीति !!

Nepal Telecom ad

ऊ मार हान्छ, हामीले ऐय्या भन्नु हुन्न, घिच्रो थाप्नुपर्छ
ऊ थप्पड हान्छ, हामीले गाला मसार्नु हुन्न, अर्को थाप्नुपर्छ
ऊ लात हान्छ, हामीले त्यसलाई समातेर टपक्क ढोग्नुपर्छ
ऊ सिमाना मिच्छ, हामीले आफ्ना घरखेत खालि गरिदिनुपर्छ
ऊ गाली बर्साउँछ, हामीले आशिर्वाद सम्झी भजन गाउनुपर्छ
ऊ डाँका पठाउँछ, हामीले सेफको साँचो आफैले खोल्दिनुपर्छ
ऊ घरमा आगो झोस्छ, हामीले पानी होइन मटितेल खन्याउनुपर्छ
ऊ बाटो रोक्छ, हामीले विरोध गर्नु हुन्न, पटुकी कसी बस्नुपर्छ
ऊ हाम्रो पानी लैजान्छ, हामीले बिहार हेर्दै मुख मिठ्याउनु पर्छ
ऊ हाम्रो विजुली लैजान्छ, हामीले उसको मैनबत्ती किन्नुपर्छ
ऊ छोरो ताक्छ, हामीले सलाम ठोक्न सिकाएर पठाउनुपर्छ
ऊ छोरी ताक्छ, हामीले रात रङ्गाउन सिकाएर पठाउनुपर्छ
ऊ सडेको तरकारी पठाउँछ, हामीले रेमिटयान्सको डलर पठाउनुपर्छ
ऊ ठग्ने पण्डा पठाउँछ, हामीले सलाम ठोक्दै नेता बनाउनुपर्छ !!
किनकि,
ऊ हाम्रो मित्र, ऊ हाम्रो पडोसी
ऊ हाम्रो सर्वश्व, ऊ हाम्रो हितैसी !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x