साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती भो

Nepal Telecom ad

जान्नैपर्ने एउटा काम नजानेर गल्ती भो !
लामो हात र छलछाम नजानेर गल्ती भो !

दोसल्लाको गन्ती पो समाजसेवा रहेछ,
मुखमा सेवा जेबमा दाम नजानेर गल्ती भो !

आदर्शको के मूल्य अवसरको अगाडि,
कहिले रुख कहिले घाम नजानेर गल्ती भो !

कसले हेर्छ खोतली कसको मनमा के के छ,
पेटमा छुरा मुखमा राम नजानेर गल्ती भो !

उस्तै उस्तै सोचियो खहरे र ’सागर’लाई
कुन हो घाट कुन हो धाम नजानेर गल्ती भो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x