साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टेरोरिज्म

Nepal Telecom ad

ओडारजस्ता भास्सिएका पेटबाट
सिउँडी फुल्ने भीरजस्ता ओठबाट
स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट
या,
कंकाल कलाकृतिजस्तो
निग्रो बालकको हत्केलाबाट
जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ?
महाशय,
यो शताब्दीको टेरोरिज्म
ह्वाइट हाउसको गोरो शुक्राणु
र,
ईयुको हाइब्रिड डिम्बबाट जन्मिन्छ,
यस्तैयस्तै अवैध गर्भाधानबाट जन्मिन्छ !
कति सजिलो छ, हेर्नुहोस् त–
मात्र तुर्लुङ्ग्याओस् पेन्टागनले
सद्दामको देशलाई लाञ्छनाको डोरीमा
या, मानिसको भोग खान सप्लाई गरोस्
युएनडीपीको नीलो बोक्रो बेरेर
दानवका दाह्राजस्ता हतियार भोका देशतिर,
मात्र मस्कोले थुतुनो मैल्याओस्
युरोपको बिरामी टर्कीको रजमा
मात्र लण्डनले बुर्का फुकालोस् अरब सुन्दरीको
मात्र तेलकूपमा ‘शक्तिराष्ट्र’ र्याल चुहाओस्
या, सोझ्याओस् क्षेप्यास्त्र
सिन्काजस्तो सिरियन बालकको निधारमा,
मात्र दिल्लीले गोब्य्राओस् इस्लामावादतिर फर्केर
या, पिच्च थुकोस् काठमाण्डूको छानामाथि
मात्र पेरिसले…
मात्र…,
जन्मिदिन्छ टेरोरिज्म
पोखरीमा भ्यागुताले फुलैफुलको माला ब्याएझैँ !
शिशु टेरोरिज्म
सरोगेट शिशुझैँ सुटुक्क लगेर छोडिन्छ
तेस्रो विश्वका दुब्ला छातीहरूमा
हुर्किन्छ त्यो,
तिनै भोकमरीग्रस्त देशका
हरियैमा सुकी मरेका तोरियाँजस्ता लाम्टा चुसेर !
चेपागाँडाहरू
रातारात बनिन्छन् हिंस्रक ब्वाँसा
दिमागहरू टाइमर बनिन्छन्
जवान टेरोरिज्म आत्मघाती हमला गर्छ
पृथिवीका उर्बर स्तनहरूमाथि !
बूढो टेरोरिज्म बोकिहिँड्छ आधुनिक हुक्का
भर्छ त्यहाँ–
धार्मिक सांस्कृतिक पुँजीवादी अतिक्रमणको गाँजा,
तान्छ खुङ्खाार धुवाँको नदी,
सुक्र्याउँछ पातलो रगतको झरना,
र, भोजन गर्छ–
गिँडिएका÷पोलिएका
मानिसको अस्तित्वका विद्रुप चोक्टाहरूको !
यो शताब्दीको टेरोरिज्म
सिरियाले रोटीको गीत गाउनु
काबुलले शान्तिको मस्तिष्क माग्नु
अफ्रिकाले बाँच्ने शैलीको विकास गर्नु
हुँदै होइन, महाशय !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x