साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यामिला

Nepal Telecom ad

क्यामिलाका आँखाहरूमा
उठिरहेछ छाल समुद्रको
गहिरा नीला आँखाहरूमा
तैरिरहेछ रंग सपनाको।
क्यामिलाका मनहरू
औधि भएर उठिरहेछन्
वर्षौंदेखिका दमित चेतना
विष्फोट भएर
क्यामिला आत्मसात् गर्न खोज्छे
आफ्नो देशको विशालतालाई, महानतालाई
पर्वतहरूको उच्चता
सागरको गहिराइलाई
गुम्फित भावनाका साङ्लाहरू
चुडाल्न खोज्छे
यो विभेदकारी संरचनाको ।

हजार हजार आँखाहरू
क्यामिलाको भाषा बोलिरहेछन्
हजार हजार मुटुहरू
एकसाथ धड्किरहेछन्
हजार हत्केलाहरू
एकजुट भएर
क्यामिला समर्थनमा जुटिरहेछन्
यो वर्ग भेदमा अडिएको
शासन विरूद्ध
यो निरंकुश दमनकारी
व्यवस्था विरूद्ध
क्यामिलाको अर्को नाम हो विद्रा हे
चुनौती
हुँकार
चक्रवात
भक्षकहरूका विरूद्ध ।

क्यामिला बाँध्छे जीवनको परिभाषा
गतिमा
प्रगतिमा
द्वन्द्वमा
ऊ देख्छे प्रत्येक कुरामा परिवर्तन
क्षण क्षणमा
पुरानाको अन्त्य
नयाँको उदयमा ।

प्रशान्त महासागरमा
ज्वारभाटा उर्लिरहेछ
उत्ताल तरंग
तुफानी वेगको
संहार गर्दै अमानवीय शासनको
अहंकारको कुरूक्षत्रेलाई परास्त गर्दै ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x