साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानी हजुरको

Nepal Telecom ad

बुझ्ने र बुझ्पचाउने बानी हजुरको
साँचो कुरा लुकाउने बानी हजुरको ।

लाजै नमानी खाने पाए जति सबै
खाएपछि लजाउने बानी हजुरको ।

सत्ता नजिक बस्ने भत्ता पचाउँदै
उल्टा कुरा सुनाउने बानी हजुरको ।

फाइदा हुने भएमा आफन्तकै पनि
घाँटी सिधै समाउने बानी हजुरको ।

भन्ने म साथमा छु, टाढा कतै हुने
स्वार्थी भएर आउने बानी हजुरको ।

माया गरेको भन्दै पीडा नजानिँदो
दिलमा दिई दुःखाउने बानी हजुरको ।

भैरहवा बहुमुखी क्याम्पस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x