साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे बुद्ध आऊ अब

Nepal Telecom ad

हिँड्दै छन् किन हो र रावणहरू श्रीरामको भेषमा
बुद्धूले किन धाक लाउँछ सधैँ यो बुद्धको देशमा
के गर्ने जब रात पर्छ दिउँसै तारा उदाऊ अब
यो पर्खाइ हुनेछ व्यर्थ कि कसो हे बुद्ध आऊ अब ।१।

जन्मे बुद्ध भनेर विश्वभरि नै भन्छौँ अझै सानले
यो भित्री मनमा अशान्ति छ भने के हुन्छ सम्मानले
छैनन् मन्दिरभित्र आज भगवान् बस्छन् त्यहाँ दानव
खै के हो किन कंशकै विगविगी हे बुद्ध आऊ अब ।२।

रातो देख्छु नदी कतै रगतको मूलै फुटे झैँ भयो
आमाबाट विछोडिएर विचरा बच्चा छुटेझैँ भयो
कोही खोज्दछु शान्तिदूत भवमा त्यो छैन झैँ सम्भव
यो बेला जसरी भए पनि यहाँ हे बुद्ध आऊ अब ।३।

फैलेको लहरासमान किन खै आतङ्कको सिल्सिला
मेट्दै छन् किन खै इरेजरहरू सन्देशका पाइला
वस्तै छन् अलमल्ल भैकन यहाँ बाटाहरू नै जब
अर्को जन्म लिई भए पनि अहो हे बुद्ध आऊ अब ।४।

विस्तारै करुणा, क्षमा र ममता भाग्दै छ धेरै पर
ढुङ्गा पग्लिसक्यो तथापि अहिले पग्लिन्न मान्छ तर
वोधीवृक्ष यहाँ ढलेछ नि कठै कोही उठाऊ अब
हो तिम्रै अगुवाइ खोज्छ युगले हे बुद्ध आऊ अब ।५।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x