साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्ध जयन्तीका अवसरमा कवि गोष्ठी

Nepal Telecom ad

काठमाडाैं, ७ जेठ । २५६०औँ बुद्ध जयन्तीका अवसरमा ‘बुद्ध, शान्ति, राष्ट्रियता र मानवता’ विषयमा कवि गोष्ठीे भयो  ।
गोष्ठी बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तूपा परिसरमा आयोजना गरेको थियो ।

कार्यक्रममा डा देवी नेपाल, गायत्री विष्ट, प्रभा भट्टराई, फुलमान वल, प्रह्लाद पोखरेल, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, वासुराम पौडेल, वीरबहादुर वाइबा, अनिता लामा, यशोदा अधिकारी, शशि लुमुम्बु, लक्ष्मी रुम्बा, सीता भट्टराई, भगतदास श्रेष्ठलगायतका कवि एवम् कवयित्रीले वर्तमान नेपालमा बुद्धको शान्ति, अहिंसा र मानवताको सन्देश फैलाउनुपर्ने भावका रचना पाठ गरे ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली साहित्यलाई विश्वस्तरमा प्रतिस्पर्धा गराउन नेपाली साहित्यकारका कृति अङ्ग्रेजी, जर्मन, चिनिया र फ्रान्सेली भाषामा अनुवाद गरिनुपर्ने आवश्यकता औँल्याए । ‘नेपाली साहित्यकारका कृति गुणस्तरीय बन्दै गएका छन्, अब तिनलाई विश्वस्तरमा फैलाउनका लागि अन्तर्रा्ष्ट्रिय भाषामा अनुवाद गरिनुपर्छ’ उनले भने ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्ध जयन्तीका अवसरमा शनिबार बुद्धसम्बन्धी विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x