साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेश्या

Nepal Telecom ad

म बेश्यासँग
तेत्रो साहस
कहाँ छ हजुर
सहिदको रगत
मदिरा बनाएर
घटघटी पिउने साहस !

म बेश्यासंग
तेत्रो साहस
कहाँ छ हजुर
सहिदको रगत
पिएर फेरि
जिउने साहस !

म बेश्यासँग
मजस्तै साहस छ हजुर
गुन्यू खोल्ने साहस
मैले गुन्यू खोलें हजुर !

सहिदको रगत चुस्ने
तिम्रा ओठहरूभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुसेका
म बेश्याका ओठहरू ।

सहिदका छाती गिजोल्ने
तिम्रा हातहरूभन्दा
पवित्र र चोखा छन्
हजारौंले गिजोलेका
म बेश्याका छातीहरू !

सहिदको यौनाङ्ग चुठ्ने
तिम्रा यौनाङ्गभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुठेका
म बेश्याका यौनाङ्गहरू !

अझै गुन्यू खोलूँ हजुर !
तिम्रा राता साडीले
छोपेर राखेका
तिम्रा राता
मार्क्स र लेनिनभन्दा
पवित्र र चोखा छन्
मेरा नाङ्गा
मार्क्स र लेनिनहरू ।

म पनि
तिनैजस्ती नाङ्गी
पवित्र र चोखी
म नाङ्गीले नै
यो दुनियाँ बदल्छु हजुर !

‘मनसरा’ (२०६७) कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x