साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता जनार्दन !

Nepal Telecom ad

दब्दैन पानी कति पो दबाउँछौ
रित्तिन्न कत्रो मुख आज बाउँछौ ?
के गर्न सक्छौ नदिको विखण्डन !
पानी सरी हुन् जनता जनार्दन !!

छेकिन्न आँधी दुइ हातका भर ।
यो छैन अत्यन्त निरीह काफर !
डर्दैन यो ता दरबार ढालन ।
हावा सरी हुन् जनता जनार्दन !!

कल्ले खरानी बदलेर दाउरा –
झट्टै बनाईकन फेरि ल्याउला ?
सक्दैन जन्मे पनि फेरि न्युटन !
आगो सरी हुन् जनता जनार्दन !!

पग्लेर थुप्रो हिउँको सकिन्छ र ?
टल्केर लागोस् रवि टन्टलापुर ।
देखिन्छ उल्टै अझ शैल कञ्चन ।
हुन् हीम जस्तै जनता जनार्दन !!

हड्डी पिसी जीवन गुज्रँदो छ यो ।
आँसू पिएरै दिनरात सिद्धियो !
बन्दै अचानो कति पर्छ बाँचन ?
तर्बार बन्छन् जनता जनार्दन !!

सक्दैन कर्फ्यू किन सूर्य छेकन ?
सेना भिरी बन्दुक छन् टनाटन ।
टल्कीरहेछन् नभमाथि हेर न !
हुन् तेज जस्तै जनता जनार्दन !!

उम्रन्न रे बीउ भुटेर अन्नको !
पाइन्छ यौटा तर यो अचम्मको
भुटेर रोपे पनि सक्छ उम्रन !
त्यस्ता बिउ हुन् जनता जनार्दन !!

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x