साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि बुद्ध हुन्थेँ होला

Nepal Telecom ad

गौतम बुद्ध २०३८ सालमा जन्मिन्थे र म इसा पूर्वक ५०० तिर जन्मिन्थेँ भने कस्तो हुन्थ्यो होला ?

गौतम बुद्ध जवान भएर यसोधरासँग विवाह गरी राहुल नामको छोरो भर्खर जन्मिएको हुन्थ्यो होला ! देशमा प्रचण्ड नाम गरेका ब्यक्तिले जनयुद्धमा आगो बाल्दै गरेका हुन्थे ! देशमा युद्धको आगो सल्की सकेको हुन्थ्यो होला ! गरिव परिवारमा हुर्केका गौतम बुद्ध जहान केटाकेटी पाल्न कि अरब कि मलेसिया जान्थे होला नत्र एके ४७ मेसिनगन भिरेर जनताको मुक्तिको लागि भन्दै कम्ब्याक लगाएर निधारमा रातो तारा भएको फेटा बाँधी हेल्लो कम्रेड होलेरी क्याममा आक्रमण गरी सफलताको साथ कब्जा गर्न सफल भयौ भन्दै ओके टोके बाट डेल्टा डेल्टा ओभर ओभर भन्दै जङलबाट रिपोर्टिङ गर्दै गरेका हुन्थे होला अनि शान्ति सम्झौता पछि नेपाली सेनामा गाभिएर कर्णेल सिद्धार्थ गौतम हुन्थे होला ।

उता मेरो पनि राधा नाम गरेकी केटीसँग विवाह गरी उसैबाट रोजिना नाम गरेकी छोरी जन्मिन्थी होला । श्रीमतीले किचकिच गर्थी होली । ब्या मात्र गरेर भो खान लाउन दिनु पर्दैन ? केटाकेटी कसरी पढाउने हजुरलाई चिन्ता छैन ? भन्दै फतफताउदै निहु खोज्थी होली । अनि पिताश्रीले यो निकम्मा भो केही गरेन बोरु छुट्टयाइ दिए गरी खान्थ्यो कि भनी मलाई छुट्याई दिन्थे होला !

अनी टेनसन हुन्थ्यो होला अरब खुलेको हुँदैन थ्यो होला । लासा खुलेको हुँदैन थ्यो होला । कैलाखाँद खुलेको हुँदैन थ्यो होला । केटाकेटी कसरी पाल्ने चिन्ता हुन्थ्यो होला । केही उपाय नभेटेपछि लाज पचाएर म पनि पहेलो वस्त्र धारण गरी जोगी बन्थेँ होला । अली अली गफ लगाउन जानी हाल्थेँ– दुई चार जना शिष्य बनाई हाल्थेँ होला । अनि जीवनवाट दुःखको मुक्ति कसरी हुन्छ भन्दै सुनझोडाको जङगलमा सालको रुखमुनि बसेर प्रवचन दिन थाल्थेँ होला । यसै यसै मभित्र पनि बुद्ध दर्शन प्राप्ति हुन्थ्यो होला ।

यो सबै समयले बनाउने न हो आफू बन्छु भनेर कहाँ बनिन्छ र ? नपत्याए हेर्नुस् ओली देशभक्त कसरी बने । अस्तीसम्म धेरै मान्छेलाई ओली र ऋृषि धमलाको अनुहार देख्दा रिस नउठ्ने प्राय कम्ती नै हुन्थे । आज समयले ओली धेरैको लोकप्रिय बनेका छन् । जे जे गराउने बनाउने हो समयले नै हो ।
म नि भगवान जितु हुन्थेँ होला उता गौतम बुद्ध कर्णेल हुन्थे होला ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x