जीवन ‘पीडित’ दाहालआँट
जग्गा नाँप्तै थिएँ, म सरकारी कार्यालयबाट खटिइ आएको अमीन हैन भन्ने थाहा पाएपछि सँधियारले किचोला झिक्यो नापेको मिलेन भनेर र मलाई नाप्ने कार्यबाट निरुत्साहित बनाउँने अभिप्रायले प्रश्न गर्यो– “तपाईंले कहाँ पढ्नु भएको ?”
“उसको बेतुकका प्रश्नको सहि जवाफ दिनुको सट्टामा मैले पनि उसको आशय बिपरितको जवाफ दिँदै भनेँ– “किन चाहियो म पढेको स्कुल ? मेरो सट्टामा मलाई पढाउने सरलाइ जग्गा नाप्न बोलाउन ?”
मेरा जवाफले ऊ तिल्मिलायो साथै रिसायो पनि । अनि उसले रोषपूर्ण लवजमा फेरि अर्को पासो फ्याँक्यो– “कहाँ कार्यरत हुनुहुन्छ ? नापी कार्यालय दमकमै हो ?”
“किन ? म नापी कार्यालयमा कार्यरत भएको भए चैं नापी महानिर्देशकलाई नै बोलाउनु हुन्छ तपाईंको जग्गा नाप्न ?” –मैले उसैगरी निचोरिएको जवाफ फर्काइ दिएँ ।
म ऊसँग नगल्ने पत्ता पाएपछि उसले ठ्याक्कै एकसय असी डिग्रीमा उसको व्यवहारलाई परिवर्तन गर्यो र धम्कीको भाषामा भन्यो– “यो मेरो गाउँ हो नि, अर्काका ठाउँमा आएर फूर्ती लगाउने हैन ।“
ऊ थर्डक्लास व्यवहारमा उत्रिएपछि बोल्न मलाई झनै सजिलो भयो अनि मैले उसैको पदचाप पछ्याउँदै प्रश्न गरेँ–“किन ? तपाईं नेपाली होइन र ?”
मेरा प्रश्नले ऊ झन् रन्थनायो र भन्यो– “किन हैन ? नेपाली बाहेक अरुले नेपालमा जग्गा जमीन किन्न पाउँदैनन् भन्ने थाहा छैन र ?”
“तपाइँले एउटा गाउँ वा ठाउँलाई मात्र मेरो हो भनेर नेपालै मेरो हो भन्ने हिम्मत गर्न नसकेकाले । नेपाली भएको भए त हिम्मत आउनु पर्ने हो ।” –मैले फेरि प्रहार गरेँ र थपेँ– “तर तपाईं चैं ख्याल गर्नुस् म चैं नेपाली हुँ र पुरै नेपाल मेरो हो ।”
त्यसपछि ऊ बोलेन ।
गौरादह– १२, झापा
Subscribe
Login
0 Comments
Oldest







































