साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँट

Nepal Telecom ad

जग्गा नाँप्तै थिएँ, म सरकारी कार्यालयबाट खटिइ आएको अमीन हैन भन्ने थाहा पाएपछि सँधियारले किचोला झिक्यो नापेको मिलेन भनेर र मलाई नाप्ने कार्यबाट निरुत्साहित बनाउँने अभिप्रायले प्रश्न गर्यो– “तपाईंले कहाँ पढ्नु भएको ?”

“उसको बेतुकका प्रश्नको सहि जवाफ दिनुको सट्टामा मैले पनि उसको आशय बिपरितको जवाफ दिँदै भनेँ– “किन चाहियो म पढेको स्कुल ? मेरो सट्टामा मलाई पढाउने सरलाइ जग्गा नाप्न बोलाउन ?”

मेरा जवाफले ऊ तिल्मिलायो साथै रिसायो पनि । अनि उसले रोषपूर्ण लवजमा फेरि अर्को पासो फ्याँक्यो– “कहाँ कार्यरत हुनुहुन्छ ? नापी कार्यालय दमकमै हो ?”

“किन ? म नापी कार्यालयमा कार्यरत भएको भए चैं नापी महानिर्देशकलाई नै बोलाउनु हुन्छ तपाईंको जग्गा नाप्न ?” –मैले उसैगरी निचोरिएको जवाफ फर्काइ दिएँ ।

म ऊसँग नगल्ने पत्ता पाएपछि उसले ठ्याक्कै एकसय असी डिग्रीमा उसको व्यवहारलाई परिवर्तन गर्यो र धम्कीको भाषामा भन्यो– “यो मेरो गाउँ हो नि, अर्काका ठाउँमा आएर फूर्ती लगाउने हैन ।“

ऊ थर्डक्लास व्यवहारमा उत्रिएपछि बोल्न मलाई झनै सजिलो भयो अनि मैले उसैको पदचाप पछ्याउँदै प्रश्न गरेँ–“किन ? तपाईं नेपाली होइन र ?”

मेरा प्रश्नले ऊ झन् रन्थनायो र भन्यो– “किन हैन ? नेपाली बाहेक अरुले नेपालमा जग्गा जमीन किन्न पाउँदैनन् भन्ने थाहा छैन र ?”

“तपाइँले एउटा गाउँ वा ठाउँलाई मात्र मेरो हो भनेर नेपालै मेरो हो भन्ने हिम्मत गर्न नसकेकाले । नेपाली भएको भए त हिम्मत आउनु पर्ने हो ।” –मैले फेरि प्रहार गरेँ र थपेँ– “तर तपाईं चैं ख्याल गर्नुस् म चैं नेपाली हुँ र पुरै नेपाल मेरो हो ।”
त्यसपछि ऊ बोलेन ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x