साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूलको आँखामा फूलै संसार

Nepal Telecom ad

तपाईंहरू जो यो पढ्दै हुनुहुन्छ
तपार्इंहरू सबै महान हुनुहुन्छ
बन्दनीय र पुजनीय हुनुहुन्छ
किन भने–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

मेरा एक सज्जन मित्र हुनुहुन्छ
म उहाँलाइ कहिल्यै भेट्न चाहन्न
तर उहाँ मलाई भेट्न बेला कुबेला आइरहनु हुन्छ
उहाँलाइ मैले पैसा तिर्न बाँकी छ भन्ने कुरो मैले बिर्सी सकें
तर उहाँ त्यो कुरा बेलाकुबेला बर्षौसम्म आफू सम्झने मात्रै होइन
मलाई पनि सम्झाई रहनु हुन्छ
यस्ता सज्जन मित्र पनि एकदिन त रिसाएर भन्नु भयो
ऋण लिएपछि यत्रो वर्षसम्म पनि नतिर्ने
तपाई त फटाहा हुनुहुँदो रहेछ ।
मैले भनेँ–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

मैले यो संसारमा खराब मानिस कोहि देखेकै छैन
असल बाहेक कसैलाई भेटेकै छैन
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

एकदिन मेरो हातको गिलासमा रक्सि आधाआधी थियो
हातमा चुरोट र कोठामा धुवाँ माथिमाथि थियो
अँगालोमा दिनको दश हजारकी नगरबधु थिइन्
मेरा अर्का सज्जन मित्र झ्वासझ्वास्ती कोठामा पस्नु भयो
मेरी काखकी नगरबधु झस्किइन्
मेरा मित्रले ममाथि भन्दा बढी दृष्टिपात मेरो अँगालोकी बालामाथि गर्नु भयो
रक्सीको गन्ध र चुरोटको धुवाँले भरिएको कोठाको
पुरै नक्सा आफ्नो मनमस्तिष्कमा कोर्नु भयो
आखिभौँ जोड्नु भयो
नाक खुम्च्याउनु भयो
ओठ लेप्र्याउनु भयो
आफ्नो पुरै अनुहारको नक्सा फेर्नु भयो
पूर्णे भएर आएका औँसीमा झर्नु भयो
अनि म लक्षित शब्द वर्षा गर्नु भयो

“तपाई त खत्तम मान्छे हुनु हुँदो रहेछ
मान्छे पनि के भन्नु
नरपशु भन्दा पनि निकृष्ट हुनुहुँदो रहेछ
मृगौला बिगार्छ रक्सीले, यो खराब चिज हो
फोक्सो कुहाउँछ चुरोटले, यो त्याज्य चिज हो
अनि यो नखरमौलीलाई किन राखेको काखमा
यो त सोझै नर्क जाने द्वार हो ।”
मैले भने–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x