साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरामा आठौँ काव्य शृङ्खला

Nepal Telecom ad

मनोहरा साहित्य समाजको आठौँ काव्य शृङ्खला २०७३ जेष्ठ ८ गतेको शनिवार सम्पन्न गरेको छ । साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्य एवम् कवि तथा नियात्राकार जय छाङ्छा, आख्यानकार नारायण तिवारी र प्राचार्य मातृका कार्कीको आतिथ्यमा सम्पन्न भएको हो ।

डा. कृष्ण पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उर्मिला घिमिरे, क्षितिज पोखरेल, ज्ञानु पौडेल, श्यामबहादुर भावुक, व्रह्मप्रिय प्रेमस्वरुप, मुखाले रेग्मी, डा.खगेन्द्रनाथ शर्मा, लीलाराज दाहाल, प्रकाशमणि दाहाल, रुकुम टमटा, प्रदिप मैनाली, गोविन्द नेपाल, अशोक कुवंर ‘नेत्र’, निर्मल सुवेदी, सीता सुवेदी, पुन्य गौतम ‘विश्वास’ र वेदमणि घिमिरेले कविता, गजल वाचन तथा गायन गरेका थिए ।

प्रमुख अतिथि पौडेलले कविताको वारेमा मन्तब्य दिनु भएको थियो । कार्यक्रममा आएका अतिथी तथा साहित्यानुरागीको स्वागत कवि डिल्लीराज अर्यालले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन कवि प्रकाशमणि दाहालले गर्नुभएको थियो ।

कार्यक्रम शीतल गिरीले सञ्चालन गरेको ग्लोबल स्कुलमा सम्पन्न भएको कार्यक्रममा वाचित रचनाको समीक्षा सभापति डा. पोखरेलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x