सुलसुलेघुम्ती कविता गोष्ठीको ४४ औँ शृङ्खला
काठमाडौं जेठ ८, २०७३ । राजधानीमा मासिक रूपमा आयोजना भइरहेको घुम्ती कविता गोष्ठीको ४४ औँ शृङ्खला वानेश्वर स्थित घोष्ट राइटिङको कार्यालय परिसरमा सम्पन्न भयो ।
प्रमुख आतिथ्य प्राज्ञ नरनाथ लुइँटेल र सभापतित्व स्रष्टा जयन्ता पोखरेलले गर्नु भएको कार्यक्रममा चितवनका स्रष्टा इन्द्रजङ पाण्डेको कविता कृति ‘विक्षिप्त मन’ को लोकार्पण गरिएको थियो ।
लुइँटेलले राजधानीमा नियमित भइरहेका साहित्यिक कार्यक्रम भन्दा घुम्ती गोष्ठी पृथक खालको अभियान रहेको बताउँदै यसले सिन्धुपाल्चोक, चितवन, धादिङ लगायत राजधानीवरपरका ग्रामीण जिल्लालाई समेत राजधानीसँग जोड्ने प्रयत्न गरिरहेको बताउनु भयो । ‘वाचित रचनाहरूले देशको समसायिक ध्वनि प्रस्तुत गरेका छन्’ भन्नु हुँदै लोकार्पित कृतिका कृतिकार पाण्डेलाई बधाइ दिनु भएको थियो ।
लोकर्पित कृतिमाथि रामकुमार पण्डितले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा भुवन थापा, ओमप्रसाद कोइराला, घनश्याम प्रसाइँ, जनार्दन अधिकारी, निर्मल पराजुली, लक्ष्मी श्रेष्ठ, ध्रुव अधिकारी, रवीन्द्र राई, मञ्जुश्री प्रधान, इन्द्रजङ पाँडे, जगदीश पोखरेल, वेदमणि घिमिरे, ठाकुरप्रसाद प्रधान, द्वारिका कुइँकेल, पिताम्बर भण्डारी, रामकुमार पण्डित, रामचन्द्र दाहाल, डिल्ली प्रसाद मूलतिहुन लगायतका स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
विराटनगरका स्रष्टा मधु पोखरेलले आफ्नो कविता मोबाइल सम्पर्कबाट विराटनगरबाटै प्रस्तुत गर्नु भएको थियो । कार्य्रमको सञ्चालन डिल्ली प्रसाद मूलतिहुनले सञ्चालन गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































