साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारा पुरानै

Nepal Telecom ad

लोकतन्त्र र जनमुक्तिका नारा पुरानै ।
जुन दल यहाँ आए पनि पारा पुरानै ।।

कागजमै सिमीत रहे खोक्रा अश्वासन ।
सबै व्यवस्था यहाँ गरिबमारा पुरानै ।।

आश छैन जनताको केही अब कसैसँग ।
सबले नाम फेरी फेरी खाने चारा पुरानै ।।

गफहरू हाँकिन्छ देश युरोप बनाउने ।
बाटो, घाटो, गल्ली अनि धारा पुरानै ।।

महँगी र भ्रष्टाचारले ढाड सेकेकै छ ।
भन्ने क्रान्तिकारी बाँकी सारा पुरानै ।।

चित्रवन– ६, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x