साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किताबपसले

Nepal Telecom ad

अर्काको शिरमा गीर खेली मोटाउने मन
भए मेरा कुरा मान किताबपसले बन ।।

छाप्नेले बेच्न सक्तैन पसलै जानु पर्दछ
कमीशन दिने शर्त उसकै मान्नु पर्दछ ।।

बिके पैसा सबै आफ्नै खल्तीमा राख्न पाइयो
नबिके के छ घाटा र घरमै चाङ लाइयो ।।

धनी आएर सोधेमा बिकेको छैन भन्दिनू
किताब खै भनी मागे खोज्नु पर्दछ भन्दिनू ।।

कहिले खोजिदिन्छौ त भने पन्ध्र दिनै लिनू
फेरि आयो भनेदेखि अर्को तारेख लाउनू ।।

धाउँदा धाउँदा जुत्ता खिइन्छन् जब घोटिंदै
अनि आउन छोड्नेछन् ती आफै पनि दिक्क भै ।।

ऊ जिराहा भएदेखि तिमी बन्नू नकच्चरो
यो सूत्रको काम मानौं मुढाका निम्ति बञ्चरो ।।

ऊ सामु आउँदा चाहिं नुहुनू बाँसझैं बनी
सर का सर लाएर नमस्कार भनी भनी ।।

अप्ठेरै पारिहालेमा बिकेकाको दिनै पर्यो
यतिका दिन खेलायौ कमीशन लिनै पर्यो ।।

यो ता किताबको मात्रै पत्रिकाका कुरा अझ
कति खेला र झेला छन् भनुँला पछि ती सब ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x