साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! अमेरिकन ढाक्रे

Nepal Telecom ad

अमेरिका हो,
रातमै पनि गगल्स लगाई हाल्छ,
ड्राइभिङ गर्नु छ भन्दाभन्दै
आधी बोतल त चलाई हाल्छ ।

ठाउँले न गर्यो,
हल्का फेसियल त परिहाल्छ
आँखी भौं नमिलाएको त के मान्छे
केटा पनि ब्युटी पार्लर छिरिहाल्छ ।

ठूलै ठाउँ न पर्यो,
फोनमा त बेस्सरी खोकी हाल्छ
स्काइपमा नेपाली साथी आएपछि
अर्काकै भए पनि
घर–गाडी देखाई हाल्छ ।

अमेरिकाको अमेरिकन न पर्यो,
गोरे गोरीसँग हल्लो हाई गरी हाल्छ,
बेला न मौका फेसबुकमै
फोटाका पोस्टिङ ठटाइ हाल्छ ।

गोराको अगाडि गुन्द्रुकै गनाए पनि
‘ह्वाच् अप’ भन्दै
पुरानै अमेरिकन भाँको स्वाङ पारिहाल्छ ।

सगरमाथामा झर्न नसकेर
जताततै अमेरिकाका रछानहरूमा खसेको
काम नलाग्ने हिउँसँग
लठारिएका फोटाहरू हालिहाल्छ
गर्मी चढिनसकी समुद्रमा गएर नि
नाङ्गै भइदिहाल्छ ।

रेस्टुरेण्टमै काम गरे नि,
‘नासा’को धाक लगाइहाल्छ,
नेपालमा एउटी श्रीमती हुँदा हुँदै
अमेरिकी कालीसँग
उठबस गर्न थालिहाल्छ ।
वाह… वाह… नेपाली अमेरिकन,
ओफ् ओफ् गर्दै देशैलाई बिर्सेर
दुई चार वर्षमै
अमेरिकाको ढाक्रे भइहाल्छ ।

भर्जिनिया, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x