साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको मृत्यु

Nepal Telecom ad

उन्मुक्त मनको
रोपेर सुकुमार रहरहरू
साँघुरो पाठेघर भित्र
एउटा समय
सिड्गो देश हुर्काइरहेको छ ।

हुर्किएको देशभित्र– सगरमाथा छ
हुर्किएको देशभित्र– गौतम बुद्ध छ
हुर्किएको देशभित्र– वीरहरूको तातो रगत छ ।

रगतभित्र
नेपालीहरूको ढुकढुकी छ
ढुकढुकी भित्र
सिङ्गो नेपाल छ
नेपाल भित्र–
सम्पूर्ण नेपालीहरूको अस्तित्व छ
अस्तित्व रक्षार्थ
ऋतुहरूको युद्ध
देशको रगत
गुराँस भरि बग्दै गरेको बेला
अस्तित्व बोधले निरक्षर
काँतर मालीहरू
जब
गुराँस फुल्ने पाखा छाडेर
उन्युँघारीतिर
लुक्न पुग्छन्
वीरताको गीत रेट्ने
झलकमानहरू
सारङ्गी फुटालेर कुलेलम ठोक्न पुग्छन्
तब
मेरो देशले
निस्सन्देह होस गुमाउने छ र
राष्ट्रिय झन्डाको पासो लगाएर
सगरमाथाको शिरमा
आत्महत्या गर्नेछ ।

सचेत वर्तमान
सम्भावना पढाइरहेछ
भविष्यहरू
अचेत निद्रामा मस्त घुरिरहेका छन्
यो देखेर
नाबालक देश
‘हर्ट एटेक’ले मुर्छित छ
देसका मिथकीय अभिभावकहरू
उपचारार्थ
सदनमा योजना बनाउँदै
भत्काउँदैछन्
इतिहासको अर्को फाइलमा
उपचार कार्यान्वयन विना
चिर निद्रामा सुतेको छ मेरो देश
यतिखेर
मेरो नेपाली मुटुको
ढुकढुकीले भनिरहेको छ–
‘महान छन् देशका जन्मदाता’
तर अफसोच !
देश हुर्काउने योग्य संरक्षकको अभावले
देश चलाउने योग्य सारथिको अभावले
बारम्बार
मेरो देशको मृत्यु भएको छ ।

कास्की, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x