साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच थप्पड

Nepal Telecom ad

विचरा पेटी !

आदर गरिन्छ महफिलमा प्याला भर्ने केटीको
मङ्गल पढिन्छ मन्दिरमा थैला हेरि भेटीको
अनुहार धुस्रो र फुस्रो नै रहन्छ कसैले नपुछ्दा
लाखौंले कुल्ची हिँड्ने बिचरा त्यो पेटीको ।

हाँसोको आघात !

फूलको शोभा नबढाउने बोटको पात हुँ
खुशी आँसुमा डुबाई दिने कालो रात हुँ
कसैको धारे हातले मेरो बिगार गर्न सक्तैन
किनकि दुनियाकै हाँसोको म आघात हुँ ।

धुरु धुरु रुवाउने !

छालका उद्बेगले हुत्याउँदा न भत्कने किनार हुँ
कठोर पत्थरको छाती फोरि बग्ने पानीको धार हुँ
भावुक हृदयको शान्ति खल्बलाउने साजको तार हुँ
बाँचुन्जेल धुरु धुरु रुवाउने वसुधाको म भार हुँ ।

आँसुको टाटो

कुल्ची हिँड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरि सुकेको एक थोपा आँसुको टाटो हो ।

अन्तर !

तिम्रो तनमा झिलमलाउँछ हीरा
मेरो मनमा सल्बलाउँछ कीरा
अन्तर छ महान भएर के गर्नु
हामी एउटै रुखका दुई चीरा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x