रमेश समर्थनपाँच थप्पड
विचरा पेटी !
आदर गरिन्छ महफिलमा प्याला भर्ने केटीको
मङ्गल पढिन्छ मन्दिरमा थैला हेरि भेटीको
अनुहार धुस्रो र फुस्रो नै रहन्छ कसैले नपुछ्दा
लाखौंले कुल्ची हिँड्ने बिचरा त्यो पेटीको ।
हाँसोको आघात !
फूलको शोभा नबढाउने बोटको पात हुँ
खुशी आँसुमा डुबाई दिने कालो रात हुँ
कसैको धारे हातले मेरो बिगार गर्न सक्तैन
किनकि दुनियाकै हाँसोको म आघात हुँ ।
धुरु धुरु रुवाउने !
छालका उद्बेगले हुत्याउँदा न भत्कने किनार हुँ
कठोर पत्थरको छाती फोरि बग्ने पानीको धार हुँ
भावुक हृदयको शान्ति खल्बलाउने साजको तार हुँ
बाँचुन्जेल धुरु धुरु रुवाउने वसुधाको म भार हुँ ।
आँसुको टाटो
कुल्ची हिँड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरि सुकेको एक थोपा आँसुको टाटो हो ।
अन्तर !
तिम्रो तनमा झिलमलाउँछ हीरा
मेरो मनमा सल्बलाउँछ कीरा
अन्तर छ महान भएर के गर्नु
हामी एउटै रुखका दुई चीरा ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































