सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन बा, कुन गोरु जोतूँ ?

Nepal Telecom ad

लिर्खे बिर्खे छिर्के जोतेँ
सुर्के फुर्के तिर्के जोतेँ
कोही घाँसे कोही गाँसे
वन जङ्गल सबै मासे
भन बा अब कुन गोरु जोतूँ ?

काले माले झाले जोतेँे
तारे कौरे लाले जोतेँ
कोही लडे कोही मरे
कोही गले कोही झरे
भन बा अब कुन गोरु जोतूँ ?

कानो लङ्गडो खोरे जोतेँ
हल मिलाउनलाई गोरे जोतेँ
कोही बसे कोही खसे
स्याउला खान जङ्गल पसे
भन बा अब कुन गोरु जोतूँ ?

विदेसिएको छाडे जोतेँ
भोलेनाथको साँढे जोतेँ
हलो जुवा सबै भाँचे
डाँडाकाँडा दौडी नाचे
बल्ल तल्ल आपूm बाँचे
भन बा अब कुन गोरु जोतूँ ?

टिके जोतेँ तिखे जोतेँ
थला परेको लिखे जोतेँ
कोही जोत्दा लात्ताले हाने
कोही जोत्ता भित्तामा ताने
भन बा अब कुन गोरु जोतूँ ?

भाडामा ल्याउँ कि गङ्गापारे
किनेर ल्याउँ कि समुद्रपारे
घरका गोरु सबै हारे
जोत्दा पनि हुरुक्कै पारे
भन बा अब कुन गोरु जोतूँ ?

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे