साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब प्रभु !

Nepal Telecom ad

एक पटक एउटा स्यालले
भगवान्लाई भन्यो
प्रभु मलाई
स्थानिय भए पनि नेता बनाइ देऊ
सकिन्छ भने नगरको
नभए गाविसको टिकट दिलाइ देऊ
प्रभुले पनि माथीका नेतालाई
उसको कुरो जनाइ दे
नभन्दै गाविसको अध्यक्ष बनाई दे ।

फेरि स्याल
प्रभुको पाउमा घप्लक्क प¥यो
र अर्को बिन्ती गर्यो
गाविसको अध्यक्ष पनि भएँ
जिविसको सदस्य पनि भएँ
अब प्रभु सभासदको टिकट दिलाई देऊ
जसरी हुन्छ यसपालीको चुनावमा
मलाई जिताइ देऊ
प्रभुले फेरि तथास्तु गरी दिए
सभासद पद पोल्टो भरी दिए ।

सभासद त भएँ प्रभु
तिम्रो शक्ति खनाइ देऊ
मन्त्री बन्ने मेरो पुरानो इच्छा हो
अब कसरी हुन्छ मन्त्री बनाइ देऊ
फेरि स्यालले बरदान माग्यो
प्रभुले तथास्तु भनेपछि स्याल रमाउँदै भाग्यो ।

एक दिन फेरि स्याल देखा पर्यो
यसदिन त स्यालले अनौठै गर्यो 
न पाउमा पर्यो, न ढोग गर्यो
नमस्कार गर्दै भन्यो
मन्त्री पद पनि समाएँ
टन्न धन पनि कमाएँ
दाम पनि कमाएँ प्रभु
नाम पनि कमाएँ
जनताको लागि केही गर्छु भन्दै
दुईचार दिन भए पनि राष्ट्रकै बागडोर समाएँ
अब हजुरलाई एउटा कुरा भन्नु छ
मलाई पनि प्रभु जस्तै नै बन्नु छ
हजुर बुढो पनि हुनु भयो होला
मलाई हजुरको उत्तराधिकारी बनाइस्योस्
अब पनि त ठुलै मान्छे भए नि
मलाई पनि हजुरकै कित्तामा जनाइस्योस् ।

प्रभुले भने
हेर मनुवा
मानव बनाएँ भनेको त
तिमी त दानव पो भएछौ
जालन्धरसम्म हुँदा त ठिकैथ्यौ
तिमी त भष्मासुर पो रहेछौ
तिमी जस्तै तिम्रै देशका नेता
धेरै स्वर्गमा आका छन्
कसैले सरस्वतीजीको कसैले कालीको
पेटीकोट धोका छन्
लक्ष्मीजीकोमा जागीर खाली छ
तिमीलाई सुहाउने त्यहाँ भष्मासुरकी साली छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x