साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इच्छुकसँग फोन संवाद

Nepal Telecom ad

मेरो नामको पुरस्कार कसले पायो कविजी ?
राति एक बजे कवि इच्छुकले फोनमा सोधे ।
अचम्म !
कवि इच्छुक अनि पुरस्कारको कुरा
त्यो पनि रातको एक बजे
सुन्दैमा हैरान भएँ म ।
के भन्ने ?
केहीबेर सोचेँ र भनिदिएँ
उही के क्रान्तिकारी राजारानीको शोकाञ्जली लेख्ने कवि !
शोकाञ्जली लेख्ने कवि !
उनी अचम्म परे र स्मित हाँसो हाँसे ।
अनि पार्टीमा महाकेन्द्र बनेछ
तपाईं केन्द्रमा पर्नुभयो कि !
धत् ! के भन्छन् यी ?
पोलिटब्युरोको यत्रो अपमान !
मुखबाट फुत्किनै लागेको थियो
हेर्दा हेर्दै उनी भाइवरमा देखा परे र उसैगरी मुस्कुराए
जसरी धेरै वर्ष पहिले मुस्कुराउँथे ।
तपाईं नि
मैले लाजले नाक छोप्दै सोधेँ ।
म लजाएको देख्दा उनी फेरि मुस्कुराए ।
के पर्नु भएन ?
ओहो ! कस्तो राम्रो प्रयोग ?
गोर्की भन्दै थिए
अब नेपालतिरै झर्नु पर्ला माक्र्सवादको नयाँ प्रयोग सिक्न ।
आचे ! के भन्छन् यी
म अचम्म परेको देखेर इच्छुकले भने
त्यही जो
हामी माओवादी हौँ नि !
त्यसैले ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x