साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताको स्वाद

Nepal Telecom ad

सत्ताको स्वाद आफ्नो मनबिच जहिलै लुक्न गाह्रो म देख्छु
स्वप्ना होस् मध्य निद्रा किनकिन मनमा अड्न साह्रो म देख्छु
बोलीको होस के भो दिनदिन मनले खोज्छ भत्ता र सत्ता
कस्तो त्यो स्वाद चाखेँ बरु सब सकियून् जिन्दगी भन्छ सत्ता ।।

कुर्बानी गर्न गाह्रो तन मन धनले छैन भन्दैन सत्ता
मौका छोपी विचारी वचन जनसँगै बोल्न रोक्दैन सत्ता
जस्तो होस् लक्ष्य यौटै प्रकृति नियतिका उग्रता हुन् प्रशस्त
सत्ताको बीज रोप्ने बदनियत कतै झल्किइन्छन् खुलस्त ।।

नेपाली राजनेता म पनि मनमनै ठान्छु सत्ता छ मेरो
बर्सौँको त्याग मेरो घर महल बसी पार्छु सत्ता सुनौलो
सत्ता लामो बनाऊँ मन वचन सधैँ भन्छ यौटै सुमन्त्र
अर्काको कार्यशैली हृदयबिच कतै सत्य मान्दैन तन्त्र ।।

पेसा आफ्नो नराम्रो किनकिन मनले देख्न सक्दै नसक्ने
सत्ताको मोह आफ्नो न त हृदय कतै त्याग्न आफैँ छ सक्ने
ढाकूँ खै सूक्ष्म रेखा कुटिल कुमनका बेसरी छोप्न गाह्रो
निद्रा नै लाग्न छाड्यो प्रतिदिन मनले भन्छ सत्ता छ प्यारो ।।

छैनन् केही नयाँ झन् स्वजन हितसँगै गाँसिएका कुरा ती
पर्दैनन् फेरि उस्तै विगत दिनहरू सम्झनाका कुरा ती
सत्ता आफूसँगै होस् बरु वचन कडा बोल्न सक्ने बनूँ म
आँखामा ढाक्न सक्ने कतिपय छहरा छर्न सक्ने बनूँ म ।।

भुल्याऊँ मन्त्र जप्दै सब जन जगमा स्वस्थ हुन् वा सुखी हुन्
लट्ठ्याऊँ व्यक्तिलाई भरसक निजको शक्ति सेवामुखी हुन्
आओस् जत्रै समस्या तर निज सुखको स्थान सत्ता रहोस् नै
पेसामा ढुक्क बन्दै मन हृदय सबै साथ सत्ता रहोस् नै ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x