साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुद्ध सडक

Nepal Telecom ad

आज पनि
नयाँ सडकको चोकमा
उभिरहेको छ जुद्ध शमशेर
मृत्युको लामो अन्तरालपछि पनि
परिवर्तनको लामो इतिहासपछि पनि
छोरी बुहारीहरू घर घरबाट उठाएर
उसको दरबारमा ल्याउन आदेश दिई रहेछ
जुद्ध शमशेर
आज पनि नयाँ सडकको चोकमा
उभिरहेको छ जुद्ध शमशेर
यो नयाँ सडकमा
कुनै समय बग्गीहरू गुड्थे
रैतीहरू टाउको निहुराएर हेरी रहन्थे
कुनै समय गाडीहरू गुड्थे
प्रजाहरू टाउको निहुराएर नै हेरीरहन्थे
हिजोको प्रजातन्त्रमा पनि
जुद्ध शमशेरहरू कै संस्करण थिए माथि
जनता त बेखबर थिए
समय बगे जस्तै
बग्दै छ जुद्ध सडकमा
नयाँ पुस्ताहरू
जुद्ध सडक नै हो आजको नयाँ सडक
जुद्ध सडक नै हो आजको न्युरोड
नाम फेरे पनि त्यहाँ
जुद्ध शमशेरको सालिक छ
नाम फेरि पनि
जुद्ध शमशेर नै
आज गणतन्त्रको मालिक छ
जुद्ध शमशेर हिजो बग्गी चढेर आउँथ्यो यो सडकमा
जुद्ध शमशेर गाड़ी चढेर आउँथ्यो यो चोकमा
र बलात्कार गर्थ्यो नागरिकका चेलीहरू
आज त्यहि जुद्ध शमशेर जन–आन्दोलन चढेर आएको छ
नेतृत्व गरिरहेछ हाम्रो राजनीति
फलस्वरूप
बलात्कृत छन् हाम्रा बालिकाहरू
अपहरित छन् हाम्रा आमाहरू
जुद्ध सडकमा
जुद्ध शमशेरका बिरुद्ध
धेरै नारा घन्केको हो
धेरै जुलुस हिंडेको हो
धेरै आन्दोलन चलेको हो
केहि समय भूमिगत हुन्छ
फेरि पनि मूलधारमा
पुनर्जीवित भएको छ
जुद्ध शमशेर
जनताहरू के गरुन्
कति आँसु झारे होलान्
कति पसीना बगाए होलान्
कति रगत पखाले होलान्
कति नाम फेरे होलान्
कति सपना देखे होलान्
तर समयले
उप्काएका पाप्राहरू
फेरी टाँस्दैछ जुद्ध शमशेर
र उभिरहेछ सम्मानपूर्वक
भिन्न स्वरूप र संस्करणमा
सरेर नयाँसडकबाट
नयाँ सिंहदरबारतिर
नयाँ बालुवाटारतिर
हुर्कंदै छ
जुद्ध शमशेर
हजारौँ शहीदको बलिदान पश्चात पनि
निर्बिघ्न घुमिरहेछ
जुद्ध शमशेर
हेर हेर
जुद्ध शमशेर
कसरी स्थापित हुँदै छ
नयाँ पुस्ताहरूमा
नयाँ विचारहरूमा
नयाँ सिद्धान्तहरूमा
कहाँ के कमजोरी भयो
कि नयाँ बगैंचाहरूमा
फुल्दैछ जुद्ध शमशेर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x