कोमल भट्टजलेको छ कोही
हाम्रो एकतामै जलेको छ कोही
चोखो मित्रतामै जलेको छ कोही
यौटै हुन्न चाहा र आस्था सबैको
पुज्ने देवतामै जलेको छ कोही
मीठो मात्र बोल्छौँ सधैं नम्रताले
लाग्यो शिष्टतामै जलेको छ कोही
बाँड्छौँ स्नेह हामी विना भेदभाव
सस्तो मान्यतामै जलेको छ कोही
इच्छा हुन्छ रोजै सबै सामु पुग्ने
हुन्छौं व्यस्ततामै जलेको छ कोही
बन्दै स्पष्ट वक्ता बिते वर्ष धेरै
साँच्चै प्रौढतामै जलेको छ कोही
खप्दै घाम पानी यहाँ सम्म आयौं
छैनौ खिन्नतामा जलेको छ कोही ।
पुरानो नैकाप, काठमाडौँ
हालः न्युयोर्क, अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































