साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अजिङ्गर पालेपछि

Nepal Telecom ad

हामी त अजिङ्गर
तिमीलाई थाहै छ नि
हामीले के के कति खान्छौँ
हामीले खायौँ भनी
फेरि किन पिर मान्छौँ ?

हामीले शासन गर्न
जाऔँ कि नजाऔँ भन्दा
तिमीहरूले छानेकै हो
हामीले खान्छौँ भन्दा पनि
तिमीहरूले मानेकै हो
तिमी सापलाई पालेर
गरुडको कुरा गर्छौ ?
साप र गरुडमा त फरक छ नि
किन भ्रममा पर्छौ ?
हामीले खाने भनेर आएपछि
हाम्रो कामै खाने खाने हो
खाने पनि यसरी खाने हो ।
अर्को आउनेको लागि बाँकी नराखी जाने हो

हामीले पिलेन खायौँ अरुलाई अब पिलेन छैन
हामीले जङ्गल खायौँ अब जङ्गलै छैन
जङ्गल मात्र हैन
जङ्गलका हात्ती गैंडा पनि खाने
श्रीखण्ड चन्दन खाने हो
बाडी पीडितको होस् कि
साडी पीडितको होस्
सबको राहत मजाले आफै बजाउने हो
अलकत्रा आओस् कि सुनका सिक्का पेटमा
जे पनि पचाउने हो ।

तिमीले सोचेका हौला
हामी मरे पछी देश बन्ला
यो कुरा नभुल कि
हाम्रा अगुवा भदा हामी खाने
पछाडिका अउनेले त झन खाने
अहिलेदेखि हेर न पताए
युवा नेताले कसरी कमाउन कमाउँदैछन्
पैसाका कता कता धाउँदैछन् ।

तिमीलाई थाहै छ
हामी कहिले सिंहदरबार
कहिले बानेश्वरमा कसरी नाच्छौँ
नाच्दा नाच्दै साँढेले झै कसरी
कुर्सी बेन्च भाच्छौँ ।
अब तिमी सर्प पालेपछि
अरु अरु कुरा नखोज
मजाले हाम्रो नाग नृत्य हेर
बरु बिन बाजा कसले बजाइ रहेको नसोध ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x