चूडा निर्भीकथाह छैन
पुरा संसार, कस्ले सृष्टि गर्यो, थाह छैन ।
ईश्वरको काँ, कृपादृष्टि पर्यो, थाह छैन ।।
सम्पन्न साथ, खुबै धन वर्षा, हुँदैछ है
गरीबका छाक्, खै कसरी टर्यो, थाह छैन ।।
काठमाण्डूका, घर जग्गा उहीँ, ठाउँ देखिन्छ
भूकम्पबाट, तीन मिटर सर्यो, थाह छैन ।।
लुम्विनीमा वुद्ध, जन्मेका प्रमाण, भए नि
भारतमा स्थान, कसरी झर्यो, थाह छैन ।।
नेपालभित्र. रहेर यही माटो, सुँघी बस्छु
खै सुन्दरता, लुटी कस्ले हर्यो. थाह छैन ।
रोजगारीमा, विदेशिएको नेपालको सन्तति
बाकस भित्र, छ लास कता मर्यो, थाह छैन ।
गुल्मी
Subscribe
Login
0 Comments
Oldest







































