साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुस्मन

Nepal Telecom ad

मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु !
ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बँगैचामा वसन्त नआउनू भन्छ
मेरो घरका झ्याल—ढोकाबाट
हावा नपस्नू भन्छ
मेरा आँगनका फूलले नमग्मगाउनू भन्छ ।
मेरो बाल—बचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ ।
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र प…..रबाट बाटो हिँड्ने जोकोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ ।
कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घरअगाडिको चौतारामा नबसून् भन्छ ।
उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फूलहरू फुलेको
कुलाको पानी मेरो गैरी खेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो वर्षात् किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी अँगेनामा चुपचाम छ ?
किन झिल्को जूनकीरीजस्तो माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?
ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्
मेरा ओठबाट
मुस्कान उडेर बालुवामा गै खसोस् भन्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु !
यत्रो दुनियाँमा ऊबाहेकको अरू
मेरो साथी—सगोत्री, आफ्नो—अर्को
ठूलो—सानो, परिचित—अपरिचित
यौटै कतै कोही छैन
जसलो आफ्नै रहर र सपना भुलेर
घाम—पानी,
फूल, जून र चराहरू भुलेर
मबारे यतिबिघ्न सोचोस्
मलाई यतिबिघ्न सम्झोस् ।
दुस्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ
म उसलाई फूलजत्तिकै मन पराउँछु !

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x